लिभरपुललाई पछि पार्दै चेल्सी शीर्ष स्थानमा

सेयर गर्नुहोस

काठमाडौं, मंसिर ६

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा चेल्सी उक्लिएको छ। आइतबार राति भएको खेलमा मिडल्सबर्गलाई १–० ले हराएसँगै चेल्सीले लिभरपुललाई पछि पार्दै शीर्ष स्थान कब्जा गरेको हो।

चेल्सीको जितमा ४१ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोल नै निर्णायक बन्यो। कोस्टाको गोलले महत्वपूर्ण जितका निकालेको चेल्सीको १२ खेलबाट २८ अंक भएको छ। यस्तै दोस्रो स्थानमा झरेको लिभरपुलको २७ अंक छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीको २७ र चौथो स्थानको आर्सनलको २५ अंक छ । ११ अंकसहित मिडल्सबर्ग भने १५ औं स्थानमा छ ।

Facebook Comments Box