
काठमाडौं ।
भारतले नेपाली सेनालाई १ लाख डोज कोरोनाविरुद्धको खोप पठाएको छ ।
भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई उपहारस्वरुप सो परिमाणको भ्याक्सिन भारतले आइतबार उपलब्ध गराएको हो ।
भारतीय दूतावासले सो भ्याक्सिन आजै नेपाली सेनालाई हस्तान्तरण गरिएको जानकारी दिएको छ ।