१६५५० करोड़को लगानीमा भारतको रक्सौलदेखि काठमाडौंसम्म रेल चलने

सेयर गर्नुहोस
फाइल फाेटाे

वीरगन्ज । भारतको रक्सौल रेलमार्गबाट काठमाडौंसम्मलाई जोड्ने उद्देश्यले अघि बढाइएको काठमाडौं–रक्सौल ब्रोडगेज रेलमार्गको विस्तृत डिजाइन अध्ययनको समझदारीपत्रलाई नेपाल सरकारले स्वीकृत गरेको छ ।
उक्त रेलमार्गको डिटेल डिजाइनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न हाल उक्त प्रस्ताव भारत सरकारसमक्ष पठाइएको र अध्ययन अघि बढाउने विषयमा भारतको प्रतिक्रियाको पर्खाइमा नेपाल रहेको छ ।
१६५५० करोड़को लगानीमा भारतको रक्सौलदेखि काठमाडौंसम्म रेल चलने नेपाल सरकारले स्वीकृत दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनअघिको मन्त्रिपरिषद्को निर्णयपछि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव भारत सरकारसमक्ष पु¥याएको हो । यससँगै उक्त आयोजनाको अध्ययन अघि बढ्ने मन्त्रालयका अधिकारीको भनाइ छ ।

‘प्रस्ताव भारत पठाइसकेको र उक्त पत्रमा भएका विषयवस्तुलाई भारतले स्वीकार गरेर नेपाल पठाएपछि अध्ययन शुरू हुनेछ,’ मन्त्रालयका सहसचिव केशवकुमार शर्माले भने । आइतवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी रेल विभागका महानिर्देशकलाई दिएको जानकारी दिए ।
उनले उक्त ब्रोडगेज रेलमार्गको निर्माण कार्य अघि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरिएको र उक्त पत्रमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको उल्लेख गरेका हुन् ।

२०७४ चैत २४ मा भारत भ्रमणका बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच काठमाडौं–रक्सौल रेलमार्ग योजना अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.कले लेखेकी छन् ।

Facebook Comments Box