उत्तरी नाका खझै खुलेन

सेयर गर्नुहोस

फाइल तस्बिर

हुम्ला ।
हुम्लाको उत्तरी नाका खुल्न समय लाग्ने भएको छ । हिमपातका कारण बाटो बन्द हुँदा जिल्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित लिमी गाउँमा पाँच महिना आवतजावत रोकिने भएको छ ।
लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा त्यहाँ पुग्ने अर्को कुनै विकल्प नभएको त्यहाँका वडाध्यक्ष पाल्जोर तामाङले बताए । केही दिनअगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको हो । यी दुवै बाटो अब आगामी जेठमा मात्रै खुल्नेछन् । पाँच महिनाका लागि बाटो बन्द भएपछि लिमीका स्थानीयवासी थुनिएका छन् ।

Facebook Comments Box