चिनले अलिबाबालाई १ अरब जरिवाना लगाउने तैयारी

सेयर गर्नुहोस
फाइल तस्बिर

काठमाडौं ,
। चिनकाे आनलाइन बजार प्रमाेसन गर्ने ई–कमर्स कम्पनी अलिबाबामाथि करिब एक अर्ब डलरबराबरको जरिबानाको तयारी गरेको छ ।

अमेरिकी समाचार संस्था वाल स्ट्रिट जर्नलले स्रोतलाई उद्धृत गर्दै अस्वस्थ प्रतिस्पर्धाको आरोपमा कम्पनीलाई जरिबानाको तयारी गरिएको उल्लेख गरेको छ ।

समाचार एजेन्सी एएफपीले यस बारेमा चीनको एकाधिकारविरोधी नियामक संस्थासँग राखेको जिज्ञासामा भने कुनै प्रतिक्रिया दिइएको छैन । त्यस्तै अलिबाबाले भने यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । पछिल्लो समय चीनको सबैभन्दा ठूलो अनलाइन ई–कमर्स कम्पनीमाथि सरकारले निगरानी बढाएको छ । यसअघि गत अक्टोबरमा कम्पनीका संस्थापक ज्याक माले नियामकविरुद्ध दिएको अभिव्यक्तिपछि सरकारले कम्पनीलाई लक्षित गरी विभिन्न नियम पनि ल्याएको छ ।

गत डिसेम्बरमा चीनको स्टेट एड्मिनिस्ट्रेसन फर मार्केट रेगुलेसनले अलिबाबामाथि अनुसन्धान सुरु गरिएको बताएको थियो । यसअघि चीनले अलिबाबाको इन्टरनेट वित्त कम्पनी एन्ट ग्रुपको ३७ अर्ब डलरको साधारण शेयर रोक्ने निर्णय गरेको थियो ।

-एजेन्सीहरुको सहयोगमा

Facebook Comments Box