कम्युनिस्टहरुले थरुहट, मधेसलाई प्रयाेग मात्र गरे: नेता महताे

सेयर गर्नुहोस


काठमाडौं ,२७ फाल्गुन ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पार्नुभयो । बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता यादवले वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मूल ध्येय भएको बताए ।

उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि, सङ्घीय गणतन्त्रको रक्षाका लागि, सङ्घीयता पक्षधर शक्तिसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्दालाई समर्थन गर्दछ । संविधान संशोधनलाई अगाडि बढाउँछ, त्यस्ता शक्तिसँग सहकार्य गर्ने हो । त्यो शक्ति भनेको नेकपा एमाले होइन । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँच गरेर व्यवहारमा हेरिसकेका छौँ । अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन सक्दैन ।’

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेश र थारुहट आन्दोलनका मु द्दा फिर्ता, संविधान संशोधनलगायतका सवाल केपी ओली समक्ष पटक–पटक राखिएको भए पनि ओलीले झुलाएको बताउनुभयो । आफ्नो माग जसले पूरा गर्छ उसैलाई समर्थन गर्ने नेता महतोको भनाइ छ । महतोले भने, ‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन ? फेरि गर्ने ? त्यसैका लागि जन्मिएको हो हामी ? माग पूरा गरे हुन्छ नत्र हुँदैन ।
हामीले भन्दै आएका माग जसले पूरा गर्छ त्यसप्रति सहानुभूति हुन्छ हाम्रो । रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेशरथारुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधनलगायतका सवाल आजको होइन नि, यो त पटक–पटक राखेकै हो नि, केपी ओलीलाई नि राखेको, समर्थन पनि गरेको हो नि त । ठग्नेबाहेक केही काम गरेका छन् केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ? काम गरेर देखाउनुपर्‍यो नि ।’
जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्नो मुद्दाबारेमा सबै सरकारसँग कुरा गर्दै आएको र वर्तमान सरकारसँग पनि आग्रह गरिएको बताउनुभयो । नेकपा (एमाले) सँग सत्ता समीकरणबारे छलफल गर्न कार्यदल नबनेको उनको भनाई छ । यस विषयमा उनले भने,‘हामीले सरकारको चर्चा गरेको छैन अहिले । कार्यदल बनेको छैन । तर हाम्रो जो इस्यु हो त्यो इस्युको लागि सबै सरकारसँग आग्रह गर्दै आएको कुरा आज पनि आग्रह गरिएको हो । हामीले अहिले सत्ता समीकरणको कुनै कुरा गरेको छैन ।’

Facebook Comments Box