विजयनगरको अध्यक्ष कप क्रिकेटको फाइनल विजेता सुपर स्टार युवा क्रिकेट क्लब

सेयर गर्नुहोस

कपिलवस्तु
“देशको लागि खेल , स्वास्थ्यको लागि खेल” भन्ने मूल नाराका साथ विजयनगर गाउँपालिकाले आयोजना गरेको चौथो गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेटको प्रतियोगिताको उपाधि सुपर स्टार युवा क्रिकेट क्लबले आफ्नो नाम पार्न सफल भएको छ। आज खेलिएको फाइनल खेल विजयनगर वडा नं ७ को स्टार स्पोर्ट्स क्लब गणेशपुर र विजयनगर वडा नं ३को सुपर स्टार युवा क्रिकेट क्लब बीच प्रतिस्पर्धा ढंगले सम्पन्न भएको छ।
सुपर स्टार युवा क्रिकेट क्लबले टास जिति फिल्डिङ रोजेको थियो।स्टार स्पोर्ट्स क्लब गणेशपुरले १५ ओभरमा १०३रन बनाई १०४ रनको लक्ष्य दिएको थियो तर सुपर स्टार युवा क्रिकेट क्लब मयनारीले लक्ष्य पछ्याउँदै अन्तिम ओभरमा सजिलै जीत हासिल गरेका छ।
कार्यक्रममा जन सेवा युवा क्लबको अध्यक्ष विजय चौधरीको अध्यक्षतामा , प्रमुख अतिथिमा विजयनगर गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी , विशिष्ट अतिथिमा गणेशपुर मा.बि.का प्र अ श्याम प्रकाश चौधरी,विजयनगर गाउँपालिका वडा नं२का वडाध्यक्ष नेपाल चाैधरी, वडा नं ५का वडाध्यक्ष अनवर खान , वडा नं ७ वडाध्यक्ष दिनेश कुमार चाैधरी, इप्रकाका प्रतिनिधि लगायत स्थानीय समाजसेवी त्रिवेणी चौधरी, इस्लाम शाह,शिक्षा प्रेमी राजकुमार चौधरी,कैलाश भारती, शिव प्रसाद यादव ,प्रा.बि मयनारीको प्र अ भोजराज गिरी लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Facebook Comments Box