सत्य निरूपण र बेपत्ता आयोगको १० पदाधिकारीका लागि ३४ जना छानिए, २४ गतेबाट अन्तरवार्ता

सेयर गर्नुहोस

काठमाडौं : सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका १० पदाधिकारीका लागि ३४ जनाको संक्षिप्त सूची प्रकाशित गरिएको छ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित ५ सदस्यीय सिफारिस समितिले आइतबार साँझ दुवै आयोगमा एक–एक अध्यक्षसहित पाँच–पाँच पदाधिकारी नियुक्तिका लागि ३४ जनाको संक्षिप्त सूची प्रकाशित गरको हो।

उच्च अदालतका पूर्वन्यायाधीशहरू अग्निप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, कानुनका प्राध्यापक विजयसिंह सिजापति, पूर्वनायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले दुवै आयोगका अध्यक्ष वा सदस्यका लागि आवेदन दिएका थिए।

सिफारिस समितिले उनीहरूको नाम त्यसअनुसार संक्षिप्त सूचीमा समावेश गरेको छ। त्यस्तै, पूर्वन्यायाधीश महेश थापा र बारका पूर्वअध्यक्ष शेरबहादुर केसीको नाम सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षका लागि संक्षिप्त सूचीमा समावेश गरिएको छ।

‘दुवै आयोगका लागि परका १ सय १० आवेदनमध्ये हामीले लामो छलफल र अध्ययनपछि आज साँझ ३४ जनाको नाम संक्षिप्त सूचीका लागि सार्वजनिक गर्ने निर्णय गरका हौ’ सिफारिस समिति सदस्य तथा मानवअधिकार आयोगकी आयुक्त लिली थापाले भनिन्, ‘अब यी नामहरूमा कुनै दाबी विरोध भए, त्यो पेस गर्ने अवधि ५ दिनका लागि छ र त्यो गर्नका लागि सार्वजनिक अपिल पनि गरेका छौं, त्यसपछि अन्तर्वार्ताको चरण आउनेछ।’

आवेदन परका नामबाहेक सिफारिस समितिले आफैंले पनि योग्य व्यक्तिको पहिचान गरी सिफारिस गर्न सक्ने वा संक्षिप्त सूचीमा नाम समावेश गर्न सक्ने कानुनी सुविधा थियो। तर, समितिले त्यसको प्रयोग नगरी आवेदनमा परका नामबाटै सूची तयार पारको थापाले बताइन्।

समितिले बनाएको कार्यतालिकाअनुसार यी संक्षिप्त सूचीमा समावेश नामहरूमाथि दाबी विरोध आएमा त्यसको अध्ययनका लागि ४ दिन छुट्याइएको छ। त्यसपछि वैशाख २४ देखि २६ गतेसम्म अन्तर्वार्ता लिइने र त्यसका आधारमा दुवै आयोगका लागि पाँच आयुक्त सिफारिस गरिने थापाले बताइन्। समितिले जेठ १३ सम्ममा नाम सिफारिस गरिसक्नु पर्नेछ।​ थाहा खबर

Facebook Comments Box