कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

सेयर गर्नुहोस

काठमाडौँ : सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

शनिवार राति कपनस्थित उनकै घरबाट पक्राउ परेकी राईलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए।

राई तत्कानीन समयमा जीबी राई अध्यक्ष रहेको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनका आरोपी हुन्।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्। थाहा खबर

Facebook Comments Box