जनमतले भन्यो : शिक्षकका न्यायोचित मागहरू तत्काल सम्बोधन गरियोस्
काठमाडौं : जनमत पार्टीले आन्दोलित शिक्षकका न्यायोचित मागहरू तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार पार्टी प्रवक्ता डा शरदसिंह यादवले विज्ञप्तिमार्फत तत्काल वार्ता गरी शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन्।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै १९ दिनदेखि आन्दोलित छन्। सरकारसँग वार्ता भए पनि सहमति नजुट्दा उनीहरूले आन्दोलन रोकेका छैनन्।
देशभरका शिक्षकहरू आन्दोलित हुँदा भर्ना अभियानदेखि पठनपाठनसमेत प्रभावित भएको छ। थाहा खबर
Facebook Comments Box
