आगामी अधिवेशनमा निजामती ऐनलाई संसद्‌मा पेश गर्ने गरी लागेका छौँ : सभापति खतिवडा

सेयर गर्नुहोस

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती ऐनलाई आगामी अधिवेशनमा संसद्‌मा लैजाने गरी काम भइरहेको बताएका छन्।

शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विधेयकमा छलफल गर्दा कोही पनि सांसद पार्टीगत रूपमा प्रस्तुत नभएको र नहुने प्रतिबद्धता जनाए।

उनले सांसदहरूले स्वतन्त्रतापूर्वक विधेयकमाथि धारणा राखेको उल्लेख गर्दै व्यक्तिगत फाइदा नहेरी काम भइरहेको बताए। उनले मुलुकको हितका लागि कानून बन्ने बताए।

खतिवडाले भने, ‘हामी यहाँ पार्टीगत रूपमा प्रस्तुत भएका छैनौँ। माननीय सदस्यहरूले स्वतन्त्रतापूर्वक आफ्ना कुरा राख्नुभएको छ,। मुलुक सुहाउँदो रूपमा कानून बनोस्। व्यक्तिगत रूपमा कसैलाई फाइदा र कसैलाई बेफाइदा नहुने गरी मुलुकको हितका लागि कानून आउनेछ। हामी जतिसक्दो चाँडो आगामी अधिवेशनमा यो विधेयक लैजाने तयारीका साथ लागेका छौँ।’

समितिको अर्को बैठक वैशाख ८ गते बस्ने गरी स्थगित भएको छ। थाहा खबर

Facebook Comments Box