त्रिवि उपकुलपतिको जिम्मेवारी केसीलाई

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन्।

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयअनुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको उनको सचिवालयले जनाएको छ।

विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिएको राजीनामा ओलीले गत चैत २८ गते स्वीकृत गरेका थिए। थाहा खबर

Facebook Comments Box