हिन्दू प्रतीक रहेको भन्दै बंगलादेशमा नयाँ वर्षको यात्राको नाम र रंग बदलियो

सेयर गर्नुहोस

ढाका : मोहम्मद युनुस नेतृत्वको सरकारले बंगाली नयाँ वर्षका लागि परम्परागत जात्राको नाम र रंग बदल्ने भएको छ।

बंगलादेशका कट्टरपन्थीले अहिलेसम्म निकालिने जात्राले हिन्दू संस्कृति झल्काउने भन्दै यसलाई बदलेर इस्लामिक रंग दिनुपर्ने माग गरेका थिए।

बंगलादेशले वैशाख १ गते सोमवार ‘पोहेला बैशाख’ भनेर चिनिने बंगाली नयाँ वर्ष १४३२ मनाउँदै छ। यो अवसरमा ढाका विश्वविद्यालयको ललितकला संकायका शिक्षक र विद्यार्थीहरूले प्रत्येक वर्ष नयाँ वर्षका अवसरमा सामूहिक जुलुस ‘मंगल शोभा यात्रा’ निकाल्छन्। यो जात्रालाई सन् २०१६ मा युनेस्कोद्वारा अमूर्त सांस्कृतिक सम्पदा घोषित गरिएको छ।

‘बंगाली मंगल शोभा यात्रा’ उहिलेदेखि चल्दै परम्परागत सांस्कृतिक पर्व थियो। यसलाई समावेशीकरणको नाममा हिन्दूको पहिचान समाप्त गर्न खोजेको बताइएको छ। जात्रामा प्रयोग हुने प्रतीकहरू नन्दी साँढे, देवी दुर्गाको मुखौटा र परम्परागत लोक देवताहरूलाई चित्रण गर्ने झाँकीहरू हिन्दू परम्परासँग जोडिएका छन्।

त्यसैले कट्टरपन्थीहरूले यो जात्राको विरोध गर्दै आएका छन्। युनुस सरकारका अनुसार यो परम्परा ‘गैर-इस्लामिक प्रतीकहरू’सँग सम्बन्धित छ र यसलाई ‘समावेशी’ बनाउन यसको नाम र रूप परिवर्तन गरिनेछ। इस्लामिक कट्टरपन्थी समूहहरूले विगत धेरै वर्षदेखि ‘मंगल शोभा यात्रा’ को विरोध गर्दै आएका छन्। तिनीहरूले यसलाई हिन्दू-प्रभावित, मूर्ति-पूजा परम्पराको रूपमा वर्णन गर्छन्।

बंगाली नयाँ वर्षको जुलुस ‘मंगल शोभा यात्रा’लाई ‘वर्षावरण आनन्द शोभा यात्रा’ नाम दिइएको छ। ढाका विश्वविद्यालयको ललितकला संकायमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो। युनुस नोबेल शान्ति पुरस्कार विजेता हुन्। उनै युनुसले हिन्दुहरूको पहिचान र संस्कृतिलाई नष्ट गरिरहेका छन्। थाहा खबर

Facebook Comments Box