जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन

सेयर गर्नुहोस


जनकपुरधाम : जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आइतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो। विरोधमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताहरूको नाम लिएर विरोध जनाएका छन्।

उनीहरूले सरकारविरुद्ध तीव्र असन्तोष व्यक्त गर्दै राष्ट्रिय झण्डा बोकेर जनकपुरधामका विभिन्न भाग परिक्रमा गरेका थिए। सरकारले थुनामा रहेका नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्। थाहा खबर

Facebook Comments Box