राजसंस्था नेपालीलाई एकताबद्ध गराउने संस्था हो : डा. लोहनी

सेयर गर्नुहोस

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन चुनौती रहेको बताएका छन्।

बुधवार काठमाडौँमा राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन र बिना कारण पक्राउ गरेर थुनेको आरोप लगाए। उनले राज्यको क्रूरता सहेर पार्टी चुप नबस्ने भन्दै संघर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्ने चेतावनी दिए।

पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल गराउने उनको भनाइ छ। उनले नेपालीहरूको मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था अपरिहार्य भएको दाबी गरे।

लोहनीले भने, ‘अब संघर्ष गर्ने समय आएको छ। संघर्षले मात्रै रावण प्रवृत्ति अन्त्य भयो। नेपालमा आजको अवस्थामा जुन तरिकाले राज्यले दमन गर्न खोजेको छ, त्यसविरुद्ध संघर्षसिवाय अर्को उपाय छैन। संघर्ष शान्तिपूर्ण र हिंस्रक पनि हुन्छ। अत्याचार दुराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन। नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको छ।’

नेता डा. लोहनीले नेपालको राजसंस्था नेपालीहरूलाई एकताबद्ध बनाउने संस्था भएकाले परम्परालाई जोगाउँदै संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने दाबी गरे। थाहा खबर

Facebook Comments Box