वरिष्ठ पत्रकार रिसाललाई प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जली

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत वरिष्ठ पत्रकार भैरव रिसाललाई श्रद्धाञ्जली अर्पण गरेका छन्। रिसालको ९७ वर्षको उमेरमा आइतबार निधन भएको थियो।

‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो। उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु। वरिष्ठ पत्रकार दिवंगत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,ु ओलीले फेसबुकमा लेखेका छन् । थाहा खबर

Facebook Comments Box