प्रहरीलाई साधनस्रोत सम्पन्न बनाऔँ : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल
काठमाडौँ : सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रहरी संगठनहरूलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनहरू साधन स्रोत सम्पन्न हुन नसकेको बताएका हुन्। उनले गृह मन्त्रालयलाई धेरै वर्षदेखि प्रहरीलाई साधन स्रोत उपलब्ध गराउन सूचि दिए पनि पूरा हुन नसकेको दाबी गरे।
उनले सुरक्षा राष्ट्रको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गरे। उनले प्रविधि र साधनस्रोत सम्पन्न गर्न सरकारले बजेट निर्माणको काम भइरहेकाले सबै कुरा समेट्न जरुरी रहेको बताए। प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन सरकारलाई निर्देशन दिन समिति समक्ष आग्रह गरे।
महानिरीक्षक अर्यालले भने, ‘गृह मन्त्रालयले प्रहरीलाई सामान दिनुपर्छ भनेको वर्षौं भइसक्यो‚ भएको छैन। त्यसले गर्दा धेरै समस्या आउने हुन्छ। त्यो अवस्थामा हाम्रा मान्छेहरूले पूर्ण रूपमा काम गर्न सक्दैन। औपचारिक रूपमै प्रहरी संगठनहरूलाई साधन स्रोत सम्पन्न गर्न के के दिनुपर्छ‚ लिस्ट पनि पठाएका छौँ।’
महानिरीक्षक अर्यालले तीनकुने घटनामा बल प्रयोग आवश्यकता र समानुपातिकमा आधारित रहेको दाबी गरे। थाहा खबर
