भारतको काम नेपाललाई अस्थिर पार्ने र फाइदा लिने हो : घनश्याम भुसाल
विराटनगर : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भारतको काम नेपाललाई अस्थिर, कमजोर पार्ने र फाइदा लिने भएको बताएका छन्।
उनले राजतन्त्र, गणतन्त्र जुन व्यवस्थामा पनि भारतको नीति त्यही रहेको उनको भनाइ छ।
नेकपा एकीकृत समाजवादी मोरङको नवौँ जिल्ला अधिवेशनलाई मंगलवार विराटनगरमा सम्बोधन गर्दै भुसालले यस्तो बताएका हुन्।
पछिल्लो समय जनताको मनोविज्ञान बदलिएको बताएका छन्। पछिल्लो समय जनताको मनोविज्ञान बदलिएको बताउँदै राजावादीहरू अलि संगठित र उद्दण्ड रूपले प्रस्तुत हुनु गम्भीर कुरा भएको बताए।
पश्चगामी तत्त्वहरूले सार्वजनिक सम्पत्ति, मिडियामाथि आक्रमण गर्न थालेको बताउँदै उनले यो सामान्य कुरा नभएको बताए।
उनले भने, ‘यसलाई निस्तेज पार्न गणतन्त्रवादी एकढिक्का बन्नुको विकल्प छैन।’
उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै ‘सुखी नेपाल, समृद्ध नेपाली’ नाराको सार छाडेको र अहिले नारा मात्रा बोकेर हिँडेको बताए।
चुच्चे रेल, भ्यूटावर, पानी जहाज जस्ता हावादारी गफमा जनता अलमलिएको बताए।
‘जनताका छोराछोरीले पढ्न पाउँछन्,स्वास्थ्य उपचार हुन्छ, काम गरेर यही बाँच्न पाउने अवस्था हुन्छ भन्ने कुराको ग्यारेन्टी नभएसम्म पुनरुत्थानवादी र पपुलिष्टहरूलाई रोक्न सकिदैन र गणतन्त्रलाई बलियो बनाउन सकिदैन’‚ उनले भने।
सत्ता गठबन्धनको काम कर्मचारी हटाउने बाहेक केही रहेको उनले बताए। अहिले राजा, रवि जे देखाएर हुन्छ। आगामी चुनावमा बहुमत ल्याउने प्रयत्न रहेको बताए। थाहा खबर
