हिउँदे अधिवेशनले कानून बनाउन सकेन : अर्जुनरसिंह केसी
काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदको हिउँदे अधिवेशनले कानून बनाउन नसकेको बताएका छन्।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्। उनले सरकारले जारी गरेका अध्यादेशहरु पास भए पनि मूल विधेयकको रुपमा आउनुपर्ने कानूनहरु यथावत रहेको बताए।
उनले संघीय निजामति विधेयक, शिक्षा विधेयकहरु जस्ता महत्वपूर्ण कानूनहरु यथावत रहेको कारण कानून निर्माणमा हिउँदे अधिवेशनलाई प्रभावकारी मान्न नसकिने उनको धारणा छ।
उनले नेपालले थप आन्दोलन र हिंसा थेग्न नसक्ने भन्दै यसतर्फ सरकार गम्भिर हुनुपर्ने बताए । थाहा खबर
Facebook Comments Box
