यी हुन् प्रतिनिधिसभामा धेरै गयल हुने सात सांसद

सेयर गर्नुहोस

काठमाडौँ : संघीय संसद्को गत माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ।

हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका छन्। यसरी धेरै अनुपस्थित हुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि रहेका छन्। देउवासहित अधिवेशन अवधिभर विभिन्न कारण देखाउँदै सात जना सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन्।

सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली काँग्रेसकी सांसद मनोरमा शेरचन रहेकी छन्। थेरापी चलिरहेको कारण देखाउँदै उनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराए। सभामुख घिमिरेका अनुसार प्रतिनिधिसभा सदस्यहरू लीलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनुपस्थित रहेका छन्।

संसद्‌मा गयल हुने सांसदहरूमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरे। प्रतिनिधिसभाको मंगलवारको बैठकले सांसदहरूको बिदा स्वीकृत गरेको छ। थाहा खबर

Facebook Comments Box