सरकार विचौलिया पोस्ने दिशामा अगाडि बढेको माओवादीको आरोप

सेयर गर्नुहोस

काठमाडौं : नेकपा (नेकपा माओवादी केन्द्र) की सांसद रेखा शर्माले संविधान र वर्तमान व्यवस्थालाई बलियो र सुदृढ बनाउनको लागि लोकतन्त्रको सर्भिसिङ आवश्यक रहेको बताएकी छिन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले मुलुकमा सुशासन कायम गर्न सकेमात्र लोकतन्त्र सुदृढ हुने बताइन्। उनले सरकारमा बसेर भ्रष्ट र विचौलियाको पक्षमा काम गर्ने कुराले लोकतन्त्र झनझन कमजोर हुँदै जाने बताइन्।

वर्तमान सरकार विचौलिया पोस्ने दिशामा अगाडि बढिरहेको उनको आरोप छ। उनले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै खेद व्यक्त गरिन्। थाहा खबर

Facebook Comments Box