राजावादीहरूको प्रदर्शनबारे सांसद बस्नेतको टिप्पणीः कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो
काठमाडौं : नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरिह बन्नुपरेको बताएका छन्।
आइतवार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राजावादी समूहका प्रदर्शनकारीहरू कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको समेत बताए।
उनले राजावादीहरू राजनीतिक इच्छाका कारण नभई धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रदर्शन गरिरहेको तर्क गरे। उनले मान्छे नै मार्ने र निजी सम्पत्तिमा आगजनी तथा लुटपाट भएको अवस्थामा प्रहरीले साइत हेरेर बस्न नहुने बताए। सरकारको गम्भीर त्रुटीका कारण धेरै जनधनको क्षति भएको उनको जिकिर छ।थाहा खबर
Facebook Comments Box
