राजावादीकाे उद्दण्डता : नेकपा एसको कार्यालय तोडफोड, माओवादी मुख्यालय छिर्ने दुष्प्रयास
काठमाडौँ : राजावादीहरूले गणतन्त्रवादी दलहरूका पार्टी कार्यालय छिरेर तोडफोड गरेका छन्। तीनकुनेमा उद्दण्ड मच्चाएपछि प्रहरीले उनीहरूको सभा नै बिथोलिने गरी हस्तक्षेप गरेको थियो।
तीनकुनेबाट तितरबितर भएका राजावादी प्रदर्शनकारीहरु आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गर्न पुगेका हुन्।
राजावादीहरूले पार्टी कार्यालयमा ढुंगा प्रहार गरेका छन् भने कार्यालयअगाडि आगजनी पनि गरेका छन्। त्यसअघि कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजनी गरेका थिए।
यसैगरी कोटेश्वर पेरिसडाँडास्थित रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने दुष्प्रयास पनि उनीहरुले गरेका छन्। तीनकुने क्षेत्र राजावादीको उद्दण्डताले तनावग्रस्त नै छ। थाहा खबर
Facebook Comments Box
