कुलमानलाई पदमुक्त गर्दा प्रधानमन्त्रीको जवाफ माग्नु गैरराजनीतिक र असंसदीय माग : महेश बर्तौला

सेयर गर्नुहोस

काठमाडौँ : नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदमुक्त गर्दा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग रहेको टिप्पणी गरेका छन्।

बुधवार संघीय संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले यस्तो टिप्पणी गरेका हुन्। एक अमुक कर्मचारीलाई देवत्वकरण गरेर संसद्‌मा प्रतिपक्षी दलका तर्फबाट भएको अवरोधको कुनै औचित्य नभएको उनको भनाइ छ।

सरकारले अध्यादेशमार्फत ल्याएका प्रतिस्थापन विधेयक पास गर्न नदिन दुराशययुक्त ढंगबाट अवरोध सिर्जना गर्ने काम भएको उनको आरोप छ। कर्मचारीको निुयुक्ति, पदमुक्त र सरुवा गर्ने सरकारको नियमित काम भएको भन्दै प्रधानमन्त्रीले जवाफ दिइराख्नु नपर्ने उनको भनाइ छ।

बर्तौलाले भने, ‘सरकारले विभिन्न निर्णय गर्छ। एउटा कर्मचारीलाई देवत्वकरण गर्ने काम प्रतिपक्षीका तर्फबाट हाउसमा भयो र मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र नभए हाउस चल्न दिँदैनौँ भन्नु असंसदीय र गैरराजनीतिक कुरा हो। संसद्ले गर्नुपर्ने काम अघि बढ्न नदिन एउटा कर्मचारीलाई बोकेर प्रधानमन्त्रीको जवाफ माग्नु बेठिक हो। कर्मचारीको नियुक्त, पदमुक्त र सरुवा सरकारले गरिरहन्छ।’

उनले कुलमानलाई पदमुक्त गर्ने निर्णयबारे जवाफ दिनैपरे पनि विभागीय मन्त्रीले दिने बताए । थाहा खबर

Facebook Comments Box