कुलमान देशका लागि आवश्यक : कांग्रेसी नेता

सेयर गर्नुहोस

कपिलवस्तु , चैत्र १२ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएकाे सरकारकाे निर्णयप्रति कांग्रेसी नेताहरुले सामाजिक संजालका माध्यमले असहमति जनाएका छन ।
सत्तारुढ गठबन्धन सरकारकाे ठुलाे दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरु नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकाे सरकारकाे निर्णयप्रति
समाजिक संजालमा असन्तुष्टि व्यक्त गरिरहेका छन ।
नेता गगन थापा, विश्वराज शर्मा लगायतले आफ्नाे फेसबुक , ट्विटरमार्फत असन्तुष्टि व्यक्त गरेका छन । कपिलवस्तु क्षेत्र ३ का कांग्रेस नेता पुर्व सांसद अभिषेक प्रताप शाहले पनि आफ्नाे फेसबुक पेजमा असहमति व्यक्त गरेका छन ।
उनले फेसबुकमा एक फ़ोनमा कापिलवस्तु क्षेत्र ३ को चोरखोला सम्मको बिज़ुली जड़ानका लागि ६० लाख तुरन्त विनियोजित गर्ने व्यक्ति केवल कुलमान घिसिंङ्ग नै रहेकाले।देशलाई आवश्यक हुन भनी स्टेट्स लेखेका छन । राप्रपा नेता गगन शाहिले पनि कुलमानलाई हटाउने निर्णय गलत रहेकाे दाबी गरेका छन।

Facebook Comments Box