‘…गलत भए मलाई जेल हाल !’

सेयर गर्नुहोस

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूलाई जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। कानून मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै उनले आफूले उठाएका कुरा गलत भए जेल हाल्न चुनौती दिएका हुन्।

काठमाडौँ महानगरपालिका- २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा केहीबेरअघि लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?’

आफूले उठाएका कुरा गलत भए जेल हाल्न भनेका छन्। ‘माथीको कुरा गलत भए मलाइ जेल हाल’ उनले लेखेका छन्। थाहा खबर

Facebook Comments Box