ओली, देउवा र प्रचण्ड छोटे राजा भए : बाबुराम भट्टराई‘मृत राजतन्त्र अब फर्किदैन’

सेयर गर्नुहोस

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड छोटे राजा भएको बताएका छन्।

उनले काँग्रेस सभापति देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अहिलेसम्म देश र जनताका लागि कुनै काम नगरेको बताए। उनले आफू सरकारमा भएसम्म सबै ठिक र सरकार बाहिर गएपछि सबै सकियो भन्ने आरोप ती नेताहरूले लगाउने गरेको बताए।

बुधवार माइतीघर मण्डलामा पार्टीका तर्फबाट आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एकथरी मानिसहरू फेरि राजा महाराजा ल्याउने भनेर अघि सरिरहेको भन्दै राजतन्त्र ठिक नरहेको उल्लेख गरे। उनले राजतन्त्र समस्याको समाधान नभएको उनको टिप्पणी छ।

भट्टराईले भने, ‘अहिले तीनवटा टाउकाका रूपमा आएका छन्। जो आफूलाई छोटे राजा भन्छन्। संविधान जारी भएपछिको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएको छ। अनि तीनवटै टाउका पालैपालो सरकार चलाइरहेका छन्। सरकारमा हुन्जेल ठिकठाक छ भनेर जनतालाई गफ दिन्छन्, सरकार गएको भोलिपल्टदेखि खत्तम भयो, बर्बाद भयो, सकियो भनेर कराउँछन्।’थाहा खबर

Facebook Comments Box