अन्तत: कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्मै मागे माफी
काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागेका छन्।
चैत्र ३ गते प्रतिनिधि सभामा विशेष समयमा नेपालमा पर्यटन विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने उनको अभिव्यक्तिमा चौतर्फी आलोचना भएपछि घिमिरेले प्रतिनिधिसभामै माफी मागेका हुन्।
‘मेरो अभिव्यक्ति कांग्रेसको आधिकारिक धारणा होइन। मेरो धारणाले माननीय सदस्य र नागरिकको सम्मान गर्दै माफी माग्दछु।’
यसै विषयमा हिजो बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि सांसद घिमिरेले पार्टीकै साथीहरूबाट आलोचना सहनुपरेको थियो। थाहा खबर
Facebook Comments Box
