०८४ मा बहुमत पुर्याउँछौँ‚ खबरदार ! : रास्वपा सांसद ढकाल
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले वर्तमान सरकार भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाउँदै संसदमा रास्वपाले बहुमत पुर्याएको दिन अकुत सम्पत्ति आर्जन गरेकाहरुको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा उनले एकजनालाई छेकेर भ्रष्टाचारविरुद्ध रास्वपाको अभियान नरोकिने खबरदारीसमेत गरेका छन्।
पार्टीले संसदमा बहुमत पुर्याएको दिन अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस भएकाहरुलाई ब्युँझाउने उनले बताए।
‘हामीले उठाएको भ्रष्टाचारविरुद्धको यो अभियान कसै एकजनालाई छेकेर छेकिनेवाला छैन। यस पटक संख्या पुगेन‚ संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस् भएकाहरुलाई बिउँझाउने छौँ‚’ उनले भने, ‘राणाकालमा अकुत कमाउनेको सम्पत्ति जसरि राज्य ढुकुटीमा आयो‚ राजाको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो यो ३५ वर्षमा अनेकौँ काण्ड मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरुको त्यो अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौँ। ०८४ मा संख्या पुर्याउँछौँ‚ खबरदार!’ थाहा खबर
