म ३ वर्ष प्रधानमन्त्री हुँदा देशमा असाधारण परिवर्तन गरेँ : प्रधानमन्त्री ओली‘तर त्यसपछि बनेका सरकारहरुले काम नगर्दा विकास अघि बढ्न सकेन’

सेयर गर्नुहोस

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा देशमा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरुले काम नगर्दा विकास अघि बढ्न नसकेको आरोप लगाएका छन्।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको भने स्वीकार गर्नुपर्ने बताए।

सुशासन र विकासका लागि वर्तमान सरकार बनेको र सरकारले विकासको गति तीव्र पारेको दावीसमेत गरेका छन्।

उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरु अघि बढाउनका लागि नै रहेको बताए। देशमा सुशासन र विकासको गति तीव्र बनाउन सरकारले काम गरिरहेको बताए।

‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ। म दावाका साथ भन्छु- ३ वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो। त्यो प्रगतिलाई बीचको ३ वर्षले धान्न सकेन‚’ प्रधानमन्त्री ओलीले भने, ‘फेरि हामी त्यही नधानिएको हुनाले अहिले नेपाली कांग्रेस र नेकपा एमाले दुईवटा सबैभन्दा ठूला पार्टी मिलेर देशलाई अधोगतितिर होइन, यसलाई सुशासन र विकासको बाटोमा अगाडि लैजानुपर्छ भनेर सरकार बनाएका छौँ।’

प्रधानमन्त्री ओलीले नेपाली बालबालिका मुस्कुराएको आफूले हेर्न चाहेको बताए। थाहा खबर

Facebook Comments Box