स्याङ्जाको आलमदेवीमा पुगेर पूर्वराजा शाहले गरे पूजा
पाल्पा : पूर्वराज ज्ञानेन्द्र शाहले मंगलबार आलमदेवीको पूजा गरेका छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ स्थित आलमदेवी मन्दिरमा पुगेर उनले पूजा आराधना गरेका हुन्।
उनी आज बिहान १० बजे मन्दिर पुगेका थिए। करिब एक घण्टा पूजा आराधना गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पृत थापाले बताए।
´विशेष पूजाका लागि पछि आउने बुझिएको छ‚ थापाले भने‚ ´अहिले सबै कुलायन मन्दिरमा सामान्य दर्शन गर्दै हिँडेको बताइएको छ। शाहका साथमा धर्मविद् जगमान गुरुङ आएका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पन्चेबाजासहित स्थानीयले स्वागत गरेका थिए। सडकमार्ग हुँदै आएका उनलाई बिर्घा, मिर्मी लगायतका विभिन्न ठाउँमा स्थानीय बासिन्दाले पुष्पगुच्छा दिएर स्वागत गरेका थिए। शाह वंशीयको कुलदेवताका रूपमा रहेको आलमदेवी मन्दिरमा पूर्वराजा पूजा गर्न आउने गरेका छन्। थाहा खबर
Facebook Comments Box
