अस्थिरता चाहनेहरू सरकारको विरोध गर्दै छन् : सांसद मिश्र

सेयर गर्नुहोस

काठमाडौँ : राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले देशमा अस्थिरता चाहनेहरूले सरकारको विरोध गरिरहेको बताएका छन्।​

राष्ट्रियसभाको आइतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकार धेरै समय टिक्न नदिने र देशमा अस्थिरता चाहनेहरूले सरकारको विरोध गरिरहेको बताए।

उनले सरकार ढाल्नेभन्दा टिकाउनेतिर बढी ध्यान दिनुपर्ने बताए। उनले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै गति बढाउन सुझाव दिए।

मिश्रले भने, ‘एउटा अचम्मको कुरा छ। सरकार बन्नु नै हुँदैन, यो देशमा १० दिनपछि सरकार ढल्यो भन्न थाल्छन्। सरकार चाँडो ढलोस् अस्थिरता देशमा होस् भन्नेहरू धेरै छन्। अहिलेका प्रधानमन्त्री र मन्त्रीले राम्रो काम गरेका छन्।’

उनले आजसम्म भएका मन्त्रिमण्डल भन्दा काममा सबैभन्दा राम्रो काम गर्ने मन्त्रिमण्डल बनाएर देखाउन आग्रह गरे। थाहा खबर

Facebook Comments Box