माओवादीले आफ्नो कित्ता क्लियर गरोस् : सांसद बास्कोटा

सेयर गर्नुहोस

काठमाडौं : नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताएका हुन्।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)लाई लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो भन्दै प्रश्नसमेत गरे। उनले पछिल्लो समय वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बल्न लागेको हो कि भन्दै आशंका व्यक्त गरे।

उनले भने, ‘के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो? वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो? सहमति त्यसमा हो यदा गर्नुहोला त्यो चुल्होमा कहिल्यै राजतन्त्र फर्काउने, गाण्तन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन । भ्रममा नरहनुहोला।’

उनले माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताए। थाहा खबर

Facebook Comments Box