नेपालका भाषा जोगाउन आवश्यक : पर्यटनमन्त्री पाण्डे

सेयर गर्नुहोस

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भएका भाषाहरू जोगाउनु आवश्यक रहेको बताएका छन्।

शुक्रवार काठमाडौँमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भाषाहरू नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने बताए।

उनले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरूको संरक्षण र संवर्धन गर्नु रहेको बताए। उनले भाषा आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरूको अभिभावकत्व लिएर भाषाको संरक्षण र प्रवर्धन गर्न जरुरी रहेको बताए। उनले संघीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानुन मन्त्रालयमा पुगेको उल्लेख गरे।

मन्त्री पाण्डेले भने, ‘भाषाहरू जोगाउनु नै हाम्रो प्रमुख चुनौती हो। जो भाषामा कोही पनि छैनन्। जसको सहारा कोही पनि छैनन्, ती भाषा जोगाउने काममा यसको सहारा म हुँ, अभिभावक म हुँ, मैले जोगाउँछु भनेर भाषा आयोगले काम गर्नेछ। त्यसका लागि आवश्यक ऐन, कानुन बनाउने सन्दर्भमा मन्त्रालयका तर्फबाट तत्परता देखाउनेछु।’

मन्त्री पाण्डेले भाषा दशकको बारेमा भाषा आयोग, युनेस्को र मन्त्रालय बसेर काम गर्नुपर्ने बताए। थाहा खबर

Facebook Comments Box