शेरा दरबार काण्डमा प्रचण्डले ओठे जवाफ दिए : सूर्य थापा

सेयर गर्नुहोस

काठमाडौँ : नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानून र निकायहरुले छानबिन गरिरहेको बताएका छन्।

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शेरा दरबार काण्ड सतहमा आएको र यसबारे अध्यक्ष दाहालले ओठे जवाफ दिएको भन्दै ओठे जवाफले छानबिन नहुने बताए।

उनले छानबिन गर्ने कानून र निकायहरुले छानबिन गरिरहेको पनि बताए। उनले देशमा भ्रष्टाचार भयानक रोगका रुपमा मौजुद रहेको भन्दै विभिन्न भ्रष्टाचारका प्रकरणहरु उचाल्ने तर अनुसन्धान नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने उल्लेख गरे।

उनले झन्डै दुई अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको व्यक्तिलाई प्रतिपक्ष दलका नेताले प्रतिशोध भनेर भाषण गर्नेकुरा भ्रष्टाचारको ढाकछोप हो की होइन? भन्दै प्रश्न गरे। थाहा खबर

Facebook Comments Box