जसपा नेपालले गर्यो भूमिसम्बन्धी अध्यादेशलाई साथ नदिने निर्णय
काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई साथ नदिने निर्णय गरेको छ।
सिंहदरबारमा मंगलवार बसेको संसदीय दलको बैठकले ‘भूमिसम्बन्धी अध्यादेशमा वन क्षेत्रको जग्गा नोक्सान गर्ने, सार्वजनिक जग्गाको नोक्सान गर्ने प्रावधान रहेकाले भूमाफियालाई बढावा नदिनका लागि उक्त निर्णय गरिएको जनाएको छ। अन्य अध्ययादेशका विषयमा भने सकारात्मक रहने जसपाले जनाएको छ।
सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो। त्यसमध्ये भूमिसम्बन्धी अध्यादेश पनि एक हो। बैठकपछि जसपाले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ।
Facebook Comments Box
