सिमेन्ट उद्योगीको बचाउमा उद्योगमन्त्री : उनीहरूले आफूखुशी मूल्य बढाएका होइनन्

सेयर गर्नुहोस

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरूले आफूखुशी सिमेन्टको मूल्य नबढाएको दावी गरेका छन्।

मंगलवार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले उत्पादन लागतमा वृद्धिका साथै लोडसेडिङको कारण सिमेन्ट उद्योगीहरूले मूल्यवृद्धि गरेको उल्लेख गरे।

उनले सांसदहरूले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरूलाई दिएको दावी गरे। उद्योगमन्त्री भण्डारीले विद्युत प्राधिकरण सरकारभन्दा बाहिरको निकाय नभएको बताए।

उनले उद्योगको लागत मूल्याङ्कन गर्नेगरी समिति बनाएको उल्लेख गरे। उनले सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयासले मूल्य वृद्धि घटेको पनि बताए। उनले सरकारले उद्योग जोगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने गरी काम गरिरहेको बताए।

उनले घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने बताए। सरकारले पटक–पटक उद्योगी, व्यवसायी र निर्माण व्यवसायीहरुसँग छलफल गरेको उनले उल्लेख गरे।

Facebook Comments Box