आगलागीका घटना नियन्त्रणमा पनि ‘भिजिबिलिटी पुगेन’ भन्ने अवस्था नबनोस् : रघुजी पन्त
काठमाडौँ : नेकपा एमालेका सांसद रघुजी पन्तले देशभरका आगलागीका घटनाबारे सदनलाई जानकारी गराउन आग्रह गरेका छन्। गत असोजको बाढी पहिरोमा सरकार चुकेको प्रशंग जोड्दै आगलागीका घटनाहरूमा त्यस्तै अवस्था आउन नदिन पनि सरकारको ध्यानाकर्षण गराए।
‘आगलागीका घटना नियन्त्रणका लागि सरकारको तयारी कस्तो छ? सभामुखबाट स्पष्ट रुलिङ होस्। यो बीचमा आगलागीका घटना कहाँ के भए विस्तृतमा सदनलाई गृहमन्त्रीबाट जानकारी गराइयोस्’, आइतवारको प्रतिनिधिसभामा उनले भने, ‘अघिल्लो पटक बढी पहिरोको तयारी सम्पूर्ण छ भन्नुभयो, पछि हेलिकप्टरबाट नख्खुमा उद्धार गर्नुस् भन्दा भिजिबिलिटी पुगेन भन्नुभयो। फेरि त्यस्तै अवस्था नआओस्।
सांसद पन्तअघि आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले देशभर आगलागीबाट भएका जिउधनको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए।
Facebook Comments Box
