तोकिएभन्दा एक घण्टा बिते पनि बस्‍न सकेन संसद्‌

सेयर गर्नुहोस

काठमाडाैं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ। आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो।

तर, अहिले एक घण्टा बितिसक्दा सम्म पनि बैठक सुरु भएको छैन। सभामुख देवराज घिमिरे दलहरूसँग परामर्शमा रहेकाे बुझिएकाे छ।

उनको सचिवालयले बैठक केहीबेरमा सुरु हुने जानकारी दिएकाे छ। संसद्‍मा दलहरू अध्यादेशकाे पक्ष र विपक्षमा छन्। विपक्षी दलहरू असफल बनाउने प्रयासमा छन् भने सत्तारुढ दलहरूले राष्ट्रियसभाबाट पारित गराउन उपेन्द्र यादव नेतृत्वकाे जसपा नेपालकाे साथ खाेजिरहेकाे छ।

Facebook Comments Box