१७ बैशाख २०८१, सोमबार

राजनितिक द्वन्द्व निम्त्याउन संसद विघटन गरेकाे सांसद शाहकाे अाराेप

कपिलवस्तु , पुस ११ । देशमा उत्पन्न राजनैतिक संकट र नेपाली कांग्रेसकाे भुमिका बिषयमा बिचार गाेष्ठी जिल्लाकाे कृष्णनगरमा समपन्न भएकाे छ।
नेपाली कांग्रेस प्रदेश सभा ३ (ख) काे अायाेजना तथा जिल्ला सभापति एवं पुर्वमन्त्री सुरेन्द्रराज अाचार्यकाे प्रमुख अतिथ्यतामा कार्यकर्ता प्रशिक्षण , वर्तमान राजनैतिक घटनाक्रम तथा पार्टीको अगामी रणनितिबारे अन्तर्किया गाेष्ठी समपन्न भएकाे छ। कार्यक्रममा जिल्लाका पुर्व सभापतिद्वय सुधाकर पाण्डे , राजेश अाचार्य लगायत प्रदेश सभा सदस्य रिना नेपाल , युवानेता अजय थापाले काेराेना संक्रमणले ग्रस्त देशकाे वर्तमान राजनैतिक र अार्थिक अवस्था ठिक नरहेकाे ठहर गरेका थिए । प्रधानमन्त्री केपी शर्माअाेलिले संसद विघटन गरि असंवैधानिक र अलाेकतान्त्रिक सिद्धान्तलाई कुल्चेर नेपाली जनताकाे जनमतकाे अवहेलना समेत गरेका हुन । अहिलेकाे राजनीतिक अवस्थामा बैशाख १७ र २७ मै निर्वाचन सम्भव नभएपनि चुनावमा जानुपर्याे भने नेपाली कांग्रेस पछाडि नपर्ने कार्यक्रमका वक्ताहरुले जाेड दिएका थिए ।
कार्यकर्ता भेला कार्यक्रममा कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले नेपाल अहिले जटिल स्थितिमा छ , प्रधानमन्त्रीले चालेकाे असंवैधानिक कदमले मुलुकलाई राजनैतिक द्वन्द्वमा धकेलेकाे छ। काेराेना कहरले त्रास्त देशलाई थप अार्थिक भार दिएर नेपालीलाई झन गरिब बनाउन मात्र खाेजिएकाे सांसद शाहकाे तर्क थियाे । हामी निर्वाचन मै जाने भए पुर्ण बहुमतका साथ सरकारमा अाउने पक्का रहेकाेले कम्युनिस्टहरु भ्रष्टाचारले बदनाम भएका कारण सत्ताकाे खेल खेल्दै देशलाई अन्योलमा पार्ने षड्यन्त्र गरिरहेकाे सांसद शाहले अाराेप लगाएका छन ।
त्यस्तै पुर्वमन्त्री एवं नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज अाचार्यले कांग्रेसले विधिकाे शासन खाेजेकाे छ तर दुई तिहाई बहुमत पाएकाे नेकपामा अापसी बटवारा मै तीन बर्ष बिताएर असंवैधानिक कदम चालि देशमा द्वन्द्व सृजना गरेकाे अाराेप लगाउनुभयाे ।
कार्यक्रममा केन्द्रीय सदस्य राजेश सिंह, राजेश ज्ञावली, जानकी यादव, हरि पाैडेल, क्षेत्रीय सभापति अकिल मियां, किफायतुल्लह खां, घनश्याम अग्रहरि, अाशिष अग्रहरी, सिराज खान, हुमाकान्त खनाल,गाउपालिका प्रमुख गिरिजेश पाण्डेय,दलितसंघ केन्द्रीय सदस्य रुपा विक,महिला संघ जिल्ला अध्यक्ष मिना केसी , तरुण दल जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी लगायत जिल्ला र क्षेत्रिय पदाधिकारीहरुकाे उपस्थिति थियाे । कार्यक्रमकाे संचालन तरुण दल सचिव अमर पाैडेलले गरेका थिए ।

धेरै कमेन्ट गरिएका