पुस ५,बाँके,यमु कडेल
पत्रकार विद्यार्थी संगठन बाकेको प्रथम बैठक कोहलपुरमा एक कार्यक्रम बिच सप्पन्न गरिएको छ
उक्त बैंठकमा अायाेजक समिति संयाेजक किशोर शाहीकाे नेतृत्वमा ९ सदस्यीय समिति निर्माण गरिएको थियो।
उक्त भेलामा प्रमुख अथिती पत्रकार विद्यार्थी संगठन केन्द्रिय अध्यक्ष मुक्ति गैरेको आतिथ्यमा गरिएको थियो उक्त भेलामा बोल्दै प्रमुख अतिथि मुक्ती गैरेले नेपालको पत्रकारितालाई श्रमजीवीहरुको पत्रकारिता बनाउन र यसलाइ जरै देखि सुदृकरण गर्न
हामिले यो संगठन निर्माण गरेका हौं । नेपालमा बड्दो पत्रकारकारिता बिकृतीको पर्दाफास गर्ने संगै राष्ट्रिय अखण्डता र स्वाधीनता माथी प्रहार गर्ने खालका गतिविधिलाई खबरदारी गर्नु हाम्रो दायित्व भएको भन्दै खोज पत्रकारिता निस्पंक्ष र निस्वार्थ हुनु वर्तमान आवस्यकता हुने बताउनु भयको थियो ।
उक्त कार्यक्रममा बोल्दै पत्रकार विद्यार्थी संगठन बाकेका संयोजक किशोर शाहिले प्रगतिशील विद्यार्थीहरुलाई संगठित गर्दै पत्रकारिताबाट राज्य भित्र हुने सम्पुर्ण अराजक अनैतिक भ्रष्ट र सर्व साधरण जनतालाई बारम्बार झुक्याएर ठुला बडा भिआइपी भिभिआइपीहरुको आटमा छत्रछायामा गरिने पत्रकार होइन तर पत्रुकार जस्ता कार्यलाइ सशक्त रुपमा खबरदार गराउने र सबै किसिमका निजि स्वार्थको लागि सत्यलाइ दाकछोप गर्ने कामका विरुद्ध यस संगठनले आवाज उठाउने, साथसाथै पत्रकार भित्रनै हुने सम्पुर्ण सेटिङ्ग विभिन्न निहित व्यक्तिहरुको झुकावमा गरिने हर्कतहरुलाई हाम्रो संगठनले प्रतिरोध गर्नेछ र यहि आउने २०७७ माघ १२,१३,१४ गते अधारभुत पत्रकारिता तालिम गर्ने निर्यण पनि गरेको बताएका थिए।
3