दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित

सेयर गर्नुहोस

दैलेख – दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही निर्वाचित भएका छन् । तीन हजार एक सय २७ मत प्राप्त गरी उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिए ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत पाएका थिए । नवनिर्वाचित अध्यक्ष शाही २०७४ सालको चुनावमा एमालेको तर्फबाट अध्यक्ष पद जितेका थिए ।

२०७८ सालमा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीमा लागेका थिए । पालिका तह उपनिर्वाचनको उम्मेदवारी दिने समयमै कात्तिक अन्तिम साता नेकपा एमालेमा प्रवेश गरी यो पदमा उम्मेदवार बनेका थिए । उनी २०५४ सालको स्थानीय निर्वाचनमा काँशीकाँध गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए ।

 

Facebook Comments Box