नेपालले श्रीलंकालाई सोझो सेटमा हरायो

सेयर गर्नुहोस

काठमाडौं : काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।

कोलोम्बोस्थित सुगाथादास इनडोर स्टेडियममा आइतबार नेपालले घरेलु टोली श्रीलंकालाई सोझो सेटमा पराजित गरेको हो।

अर्जुन नेपालीको कप्तानीमा रहेको नेपालले पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पार्यो। दोस्रो सेट नेपालले २५–२३ ले जित्यो।

सोझो सेटको जित हात पार्ने क्रममा नेपाली युवा टोलीले प्रतिस्पर्धात्मक सेट २८–२६ ले आफ्नो नाम गर्यो। यस जितसंगै नेपालले ३ अंक जोडेको छ।

अब नेपालले आफ्नो दोस्रो खेलमा आज उज्वेकिस्तानसँग खेल्ने छ। तेस्रो खेलमा मंगलबार माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ।

नेपालले पाँचौं खेलमा असोज २५ मा तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ।

Facebook Comments Box