चीनले नेपाली भुमि मिचेकाे विरुद्ध प्रदर्शन
काठमाडौं : चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन भएको छ। स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्। युवाहरुले प्लाकार्डमा ‘गो ब्याक चाइना’, ‘नेपाली भूमि मिच्न पाइँदैन’, चिनियाँ विस्तारवाद मूर्दावाद लेखेर प्रदर्शन गरेका थिए।
स्वतन्त्र नागरिक समूहको नाममा ‘प्लाकार्ड’ बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरे। प्रदर्शनमा आएका युवाहरूले नेपालकमो उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताएको थाहा खबरमा समाचार छ । @थाहाखबर.कम
Facebook Comments Box
