राष्ट्रिय सभाका दुई समितिको सभापतिमा तीनजनाको उम्मेदवारी

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ।

विधायन व्यवस्थापन समितिको सभापति पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ। सांसद डा बेदुराम भुसालको प्रस्तावमा सांसद जयन्तीदेवी राईको उम्मेदवारी परेको छ। राईको समर्थकमा सांसद सुरेशकुमार आलेमगर छन्।

विधायन व्यवस्थापन समितिकै सभापति पदमा सांसद तुलसाकुमारी दाहालको पनि उम्मेदवारी दर्ता भएको छ। दाहालको समर्थक र प्रस्तावकमा क्रमशः सांसद आनन्दप्रसाद ढुंगाना र सांसद भगवती न्यौपाने छन्। समितिको सभापतिमा यसअघि पनि राई नै थिए।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्माको मात्र उम्मेदवारी दर्ता भएको सचिव डा.सुरेन्द्र अर्यालले जानकारी दिए। शर्माको प्रस्तावकमा सांसद मदनकुमारी शाह (गरिमा) र समर्थकमा सांसद नरबहादुर विष्ट छन् । उनी यसअघि पनि समितिको सभापति थिए।

Facebook Comments Box