चार संसदीय समितिको बैठक आज
काठमाडौं : संघीय संसद्का चारवटा समितिको बैठक आइतबार बस्दैछ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। बिहान ९ बजे बस्नेछ।
संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बिहान साढे ११ बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।
Facebook Comments Box
