एपिएफ च्याम्पियन्स लिगको पहिलो चरणबाटै बाहिरियो
काठमाडौं : घरेलु टोली सबाह एफसीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल एपिएफ फुटबल क्लब एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।
मलेसियाको लिकस रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्।
यो नतिजासँगै समूह ‘सी’ को एपिएफले दुई खेलमा एक अंक जोड्यो। एपिएफ पहिलो खेलमा उज्वेकिस्तानको पिएफसी नासफसँग १-० ले पराजित भएको थियो।
एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो।
Facebook Comments Box
