एमालेले गर्यो खरेललाई पार्टीबाट निष्काशित

सेयर गर्नुहोस

बुटवल, ६ भदौं । नेकपा एमाले रुपन्देहीले पार्टीका संगगठित सदस्य टिका खरेललाई पार्टीको सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

सैनामैना नगरपालिका वडा नम्बर ३ निबासी खरेलले पार्टी विधानको धारा ८० को उपधारा (४), (८), (१३) बमोजिम पार्टी हित विपरित गतिविधि गरेको र पटकपटक सचेत गराउँदा समेत पुनः गतिविधि दोहो¥याएको तथा समाजमा विभिन्न अनैतिक गतिविधि गरेको भन्दै एमालेले पार्टी विधानको धारा ८१ को उपधारा १ बमोजिम निशकाशन गरिएको हो ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेद्वारा जारी विज्ञप्तीमा खरेललाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेको उल्लेख छ ।

त्यस्तै प्रेस चौतारी नेपाल रुपन्देहीले पनि खरेललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

संगठनको हित विपरितका क्रियाकलाप गरेपछि सुरुमा स्पष्टीकरण सोधिएको र त्यसपछि निलम्बन गरेको चौतारीले अनैतिक क्रियाकलाप जारी राखेपछि बुधबार बसेको सचिवालय बैठकले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो । उनी प्रेस चौतारी रुपन्देहीका सचिवालय सदस्य थिए ।

आफ्नै रेडियोमा कार्यरत एक महिला कर्मचारीमाथि जवर्जस्ती करणी प्रयास गरेको अभियोगमा उनलाई प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

Facebook Comments Box