म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि
काठमाडौं : इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।
म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले उपाधि जितेकाृ हो। वेम्बली रंगशालामा भएको खेलमा प्रिरमियर लिग विजेता सिटीले बाजी मार्यो।
कम्युनिटी सिल्डलाई इंग्ल्यान्डमा नयाँ सिजनको सुरुआत हुने समयमा अयोजना गरिने गर्दछ। अघिल्लो सिजनको कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको थियो।
फाइनलमा म्यानचेस्टर सिटीलाई हराएर आर्सनलले उपाधि जितेको हो। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नै रेकर्डलाई ब्रेक गर्दै सिजनको चौथो उपाधि जित्नेका हुन्।
Facebook Comments Box
