पर्वतमा नागरिकता लिनेभन्दा राहदानी लिने ११४ प्रतिशतले बढी

सेयर गर्नुहोस

पर्वत : पर्वतमा गत आर्थिक वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको तुलनामा ११४ प्रतिशत बढी नागरिकले राहदानी बनाएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ तीन हजार १८७ जनाले नागरिकताको प्रमाणपत्र लिँदा छ हजार ८२७ जनाले राहदानी बनाएका हुन्।

यो सङ्ख्या जिल्लाबाट राहदानी सिफारिस भई राहदानी जिल्लामा नै आइपुगेपछि वितरण भएकाहरूको हो। जिल्लाबाट राहदानी नबुझेर द्रुत रूपमा राहदानी लिनको लागि जिल्लाबाट सिफारिस लगेकाहरूको सङ्ख्या २७४ छ। यो संख्यालाई समेत जोड्दा नागरिकता लिने भन्दा राहदानी लिनेको सङ्ख्या करिब १२३ प्रतिशतले बढी हुन्छ।

एक वर्षको अवधिमा तीन हजार ५३७ वटा नागरिकताको प्रतिलिपि दिइएको, १८ वटा गैर आवासीय नागरिकता, तीनवटा वैवाहिक अङ्गीकृत नयाँ नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए।

Facebook Comments Box